समाचारशुक्रबार, फाल्गुण २९, २०७१
भिओआइपी सञ्चालनमा संलग्न इञ्जिनियर पक्राउ
केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ नरदेवी टोलस्थित आफ्नै घरमा अवैध भिओआइपी सञ्चालन गरिरहेका अवस्थामा इलेक्ट्रोनिक इञ्जिनियर प्रदीप श्रेष्ठलाई पक्राउ गरेको छ ।
स्मार्ट सेलको कोर विभागमा कार्यरत ३३ वर्षीय श्रेष्ठको साथबाट नेपाल टेलिकमको सिमकार्ड १२० थान, १६ पोर्टको भिओआइपी गेटवे एक थान, राउटरलगायत उपकरण बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाएको ब्यूरोले जनाएको छ ।
ब्यूरोले हालसम्म ७८ स्थानमा गरेको कारबाहीमा नेपाली १०१ र विदेशी ३१ गरी १३२ लाई पक्राउ गर्नुका साथै १० अर्ब ८६ करोड ५३ लाख ३८ हजार ७९१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
