समाचारशुक्रबार, फाल्गुण २९, २०७१
माओवादीद्धारा पार्टी एकताको आव्हान
पार्टी एकताका लागि नेकपा–माओवादीले एमाअाेवादीसँग प्रक्रिया अगाडि बढाउने र आवश्यक वार्ता एवम् संवाद गर्ने निर्णय गरेको छ ।
माओवादीले विज्ञप्ती प्रकाशित गरी एकता प्रक्रियालाई अगाडि बढाउन आफूहरु तयार रहेको जनाएको छ । एमाओवादी र माओवादीबीच एकताका लागि विगतदेखि नै प्रक्रिया अगाडि बढिरहेको र दुई पार्टीबीच संवाद पनि सुरु भएको अवस्थामा ठोस परिणाम ल्याउनु अपरिहार्य रहेको माओवादीका महासचिव रामबहादुर थापाले बताए ।
माओवादीले पार्टी एकताका लागि यसअघि नै छबुँदे प्रस्ताव अगाडि सारेको थियो । उक्त प्रस्तावका सन्दर्भमा एमाओवादीले पनि सकारात्मक जवाफ दिएको सन्दर्भ उल्लेख गर्दै महासचिव थापाले अनौपचारिक संवादसमेत जारी रहेको बताए ।
