समाचारशनिबार, फाल्गुण ३०, २०७१
सोमबारदेखि लोडसेडिङ घट्ने (तालिका सहित)
विद्युत प्राधिकरणले २ चैतदेखि दिनको ९ घण्टामात्र लोडसेडिङ गर्ने भएको छ ।
लहानदेखि पश्चिम र लमहीदेखि पूर्वको मध्य क्षेत्रमा प्राधिकरणले लोडसेडिङ दैनिक २ घण्टा घटाएर ९ घण्टामात्रै गर्ने भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार एसएलसीका विद्यार्थीहरुलाई लक्षित गरी चुहावट रोक्दा थपिएको बिजुली र कुलेखानीको उत्पादन बढाएर लोडसेडिङ घटाउन लागिएको हो ।
उनले नदीमा पानी नबढे पनि नजिकिंदै गएको एसएलसी परीक्षालाई ध्यानमा राखेर कुलेखानी सञ्चालनको समय बढाएरै भए पनि लोडसेडिङ घटाइने बताए ।
अहिले लहानदेखि पूर्व दैनिक ७ घण्टा र लमहीदेखि पश्चिम दैनिक ६ घण्टा मात्र लोडसेडिङ छ । ती क्षेत्रको लोडसेडिङ अवधिमा तत्काल कुनै परिवर्तन नहुने काफ्लले बताए ।
![g]kfn ljB't k|flws/0f](http://www.himalkhabar.com/wp-content/uploads/2015/03/loadshedding.jpg)
