समाचारशनिबार, फाल्गुण ३०, २०७१

मापसे गरी सवारी चलाउँदा दुर्घटना, २० फिटको रड कारको वारपार

हिमालखबर

car_accidentमापसे गरेका चालकले ट्राफिक छल्न खोज्दा ललितपुरको झम्सिखेलमा कार दुर्घटना भएको छ।

राति गुड फ्राइडे मनाएर ट्राफिक प्रहरी छल्दै बौद्ध जान लागेका २६ वर्षीय निमा नोर्बु शेर्पा ३० फागुन विहान करिब ४ बजे ललितपुरको सेन्टमेरिज स्कुल पछाडिको सडकमा दुर्घटनामा परेका हुन्।

तिव्र गतिमा रहेको कार विपरित लेनमा पुगेर सडकछेउको रेलिङमा ठोक्किंदा रेलिङको रडले कारलाई छेडेर वारपार भएको छ, त्यो पनि चालकको कोट र सिट हुँदै ।

ठमेलमा साथीहरूसँग रमाइलो गरी ताल्छिखेल पुगेर बौद्ध फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन् । यद्यपी संयोगबस शेर्पा भने सकुशल नै छन् ।

मापसे गरेर मदहोस भएका शेर्पा कारमा वारपार भएको रेलिङको रड सहित भाग्दै गर्दा कारको चक्का पुलचोकको हिमालय बैंक अगाडि पन्चर भएको थियो । त्यसपछि उनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>