समाचारआइतबार, चैत्र १, २०७१

वार्ता र संवादबाटै सहमतिमा पुग्ने कोइराला र दाहालको निर्णय

हिमालखबर

300x197xdahal_koirala1.jpg.pagespeed.ic.FSrhch8mhrप्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच १ चैत बिहान भएको वार्तामा निरन्तरको संवादलाई कायम राख्दै सहमतिमा पुग्ने निर्णय भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री कोइरालाले वार्ताको क्रममा हुने उतार चढाबबाट विचलित नभई आपसी संवाद, सहकार्य, मेलमिलापबाटै संविधान निर्माणको प्रकृयालाई टुंगोमा पुर्या उन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए।

दुवै नेताहरुले विगत केही समयदेखि चलिरहेको वार्ता प्रकृयालाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन्।

यसअघि ३० चैत साँझ भएको प्रमुख राजनीतिक दलको वार्ताबाट निकास निस्कन नसकेपछि नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री र संयोजक दाहालबीच निर्णायक वार्ता गर्ने सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>