समाचारआइतबार, चैत्र १, २०७१
माओवादी एकता प्रकृया सुरु, वार्ता समिति गठन
झण्डै तीन बर्षअघि फुटेको एमाओवादी र नेकपा–माओवादीबीच एकता प्रक्रिया अघि बढाउन वार्ता समिति गठन भएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पातमा भएको दुई माओवादीका शीर्ष नेताहरुको बैठकले एकता प्रक्रिया अघि बढाउन वार्ता समिति गठन गरेको माओवादीका प्रवक्ता पम्फा भूसालले बताइन् ।
पार्टी एकताका लागि सैद्धान्तिक आधार तय गर्न दुवै दलका शीर्ष नेताहरु सम्मिलित वार्ता समिति गठन भएको छ ।
समितिमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ रहेका छन् ।

