समाचारसोमबार, चैत्र २, २०७१
समलिंगी श्रीमती हत्याको आरोपमा महिला पक्राउ
आफ्नै श्रीमती (समलिंगी) हत्याको आरोपमा एक महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया जुमनी ६ घरभई नेपालगञ्ज बस्दै आएकी २६ वर्षीया गिता मल्लले समलिंगी श्रीमती टिका शाही ‘सरीता’को हत्या गरेको आरोपमा प्रहरीले २ चैतमा पक्राउ गरेको हो ।
मृतक शाहीको २ चैत बिहान आफ्नै कोठामा शव फेला परेको थियो । शाहीका आफन्तले मल्ललाई हत्या आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएका छन् ।
आफन्तका अनुसार मृतक शाही र मल्लले १ चैत २०७० मा विवाह गरी नेपालगञ्ज १६ बेलासपुरमा डेरा गरी बस्दै आएका थिए ।
आरोपित मल्ललाई पक्राउ गरेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।
उनका अनुसार मृतक शाहीको घाँँटीमा निलडाम र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।
केशव राना, बाँके
