समाचारमंगलबार, चैत्र ३, २०७१
आन्दोलन छाडेर वार्तामा फर्कन अधिकारकर्मीको आग्रह
मानवअधिकारकर्मीहरुले ३० दलीय मोर्चालाई आन्दोलन छोडेर वार्ता र सम्वादमा लाग्न आग्रह गरेका छन् ।
उनीहरुले एक विज्ञप्ती जारी गर्दै सडकबाट संविधान बन्न नसक्ने यथार्थ बुझेर सम्वाद र वार्तामा बस्न आग्रह गरेका हुन् । ‘‘आन्दोलनले नागरिकलाई सास्ती हुन्छ तर संविधान लेखनलाई सहयोग पुग्दैन’’, विज्ञप्तीमा भनिएको छ ।
अधिकारकर्मीहरु डा। सुन्दरमणि दिक्षीत, डा. विरेन्द्र मिश्र, भोजराज पोखरेल, चरण प्रसाई, सुबोधराज प्याकुरेललगायतले विज्ञप्ती निकालेका हुन् ।
