समाचारमंगलबार, चैत्र ३, २०७१
नेपाल–भारतबीचकाे खेल गाेलरहित बराबरी
विश्वकप फुटबलको छनौटका लागि काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र भारतबीच भएकाे खेल गाेलरहित भएकाे छ ।
दुवै देशले निर्धारित समयमा गाेल हुन नसकेपछि गाेलरहित बराबरीमा खेल सकिएकाे छ । याे खेलसँगै नेपाल विश्वकप छनाैट चरणबाट बाहिरिएकाे छ ।
सन् २०१८ मा हुने विश्वकप फुटबल सन् २०१९ मा हुने एसियन कप छनौटका रुपमा खेल भएकाे थियाे । यसअघि, भारतमा भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो ।
नेपाली खेलाडीहरुलाई शुभकामना दिन खेलकुदमन्त्री पुरुषाेत्तम पाैडेल र राखेपका सदस्य सचिव युवराज लामा रंगशाला पुगेका थिए ।
