समाचारबुधबार, चैत्र ४, २०७१
नेम्वाङले शीर्ष नेताहरुलाई भने, ‘अनन्तकालसम्म पर्खन सकिन्न’
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभालाई अनन्तकालसम्म स्थागित गर्न नसकिने बताएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरुलाई बाेलाएर नेम्वाङले संविधानसभा अव चाडै बस्ने बताए । उनले भने, “संबाद गरेर सहमति खोज्नतर्फ लाग्नुहाेस्, बैठक लामाे समय स्थगित गरिरहन सकिदैन ।”
बैठकमा सहभागी नेताहरुले अझै केही दिनसम्म वार्ता र संबादलाई निरन्तरता दिनेमा प्रतिबद्धता जनाएका छन् । बैठकमा प्रधानमन्त्रीले आफू अहिले पनि बार्ता र संबादबाट सहमति कायम गर्ने पक्षमा रहेको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निकास निकाल्न विषय केन्द्रीत भएर छलफल गर्नु पर्ने भन्दै त्यसको लागि प्रधानमन्त्रीले लिखित रुपमा प्रतिबद्धता ब्यक्त गर्नु पर्ने बताए । सञ्चारकमीहरुसँग उनले भने काग्रेस र एमालेले सत्ता र बहुमतको दम्भ नत्यागेसम्म संविधानका अन्र्तबस्तुमा सहमति हुन नसक्ने स्पष्ट पार्दै प्रक्रियाबाट संविधान निर्माण सुरु गरे आफूहरुले संविधानसभा छाडिदिने चेतावनी दिए ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काग्रेस र एमालेले दुई तिहाईको दम्भ र पाँच जिल्लालाई टुक्राउन तयार टुक्राउन तयार हुने त्यस्तै जनजातिले जातीय राज्य चाहे भनेर अपमान गर्न छाड्ने हो भने सहमति बन्ने विश्वास ब्यक्त गरे ।
