समाचारबुधबार, चैत्र ४, २०७१
संवैधानिक राजतन्त्र छाेडेर पार्टी एकता हुँदैनः थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले निश्चित मुद्दामा सहमति भएपछि राप्रपासँग एकता हुने बताएका छन् ।
राप्रपा नेपाल झापाले विर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले राष्ट्रवादी शक्तिको खाँचो दुवै पार्टीले महसुस गरेकाले निश्चित मुद्दामा सहमति भएपछि एकता हुने बताए ।
उनले भने, “राप्रपा नेपालको संवैधानिक राजतन्त्र, सनातन हिन्दू राष्ट्र, अखण्डता र राप्रपाको संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता विषयमा तत्काल सहमति हुँदैन ।” थापाले यस्ता मूल मुद्दा थाती राखेर मिल्न सक्ने विषयमा सहमति गरेर पार्टी एकता हुने बताए ।
थापाले संविधान निर्माणमा सरकार र एमाअाेवादी मोर्चाको दम्भले गतिरोध उत्पन्न भएको बताए । उनले नेपाली कांंग्रेस र नेकपा एमालेकाे गणितीय दम्भ र चुनावको परिणामपछि अत्तालिएका विपक्षी मोर्चाको हठका कारण पनि समयमा संविधान जारी हुन नसकेको बताए ।
