समाचारबुधबार, चैत्र ४, २०७१
नयाँ गर्भनरका लागि तीन जनाको नाम टुंगाे लाग्याे
नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्ने टुंगाे लागेकाे छ ।
अर्थमन्त्री रामशरण महतको संयोजकत्वको समितिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवि नेपाल, डेपुटी गभर्नरहरु महाप्रसाद अधिकारी र गोपाल काफ्लेको नाम सिफारिसका लागि पठाउने तयारी गरेकाे छ ।
तीन जना मध्येबाट भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ गर्भनरका लागि नाम सिफारिस गर्ने छ ।
बहालवाल गर्भनर युवराज खतिवडा ६ चैतमा सेवाबाट अवकाश पाउने भएपछि नयाँ गभर्नरका लागि नाम सिफारिस गर्न लागेकाे हाे ।
