समाचारबुधबार, चैत्र ४, २०७१
राप्रपा नेपालका अध्यक्षले संविधानसभा बैठककाे माग गरे
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुबीच रहेको गतिरोध अन्त्य गर्न संविधानसभाकाे बोलाउनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक तराई–मधेस संगठनले विराटनगरमा गरेकाे सभामा उनले विवादित विषयमा सहमति खोज्न दलहरुबीच सहमति, प्रक्रिया वा जनमत सङ्ग्रहको मार्ग अपनाउनुपर्नेमा राजनीतिक दलहरु अनावश्यक छलफलमा केन्द्रित भएको आरोप लगाए ।
उनले राजनीतिक गतिरोध अन्त्य गर्न प्रमुख दलका नेताले विवेक र बुद्धि प्रयोग नगरे मुलुक ठूलो राजनीतिक दुर्घटनामा पर्ने चेतावनी दिँदै सङ्घीयताका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाएर सङ्क्रमणकाल नलम्ब्याउन आग्रह गरे ।
