समाचारबिहीबार, चैत्र ५, २०७१
नेताहरुलाई सभाध्यक्षको ६ प्रश्न
सत्ता पक्ष र विपक्षीबीच वार्ता जारी रहेको अवस्था एमाओवादी मोर्चाले आन्दोलन घोषणा गरेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले छलफल थालेका छन् ।
४ चैतमा उनले बोलाएको शीर्ष नेताहरुको बैठकमा सभाध्यक्ष नेम्वाङले सुरुमै ६ वटा प्रश्न राखेका थिए ।
१. तपाईँहरुले पटक–पटक विवादित विषय दुई घण्टामा मिलाउँछौँ भन्नुभएको हो । सुरुका १८ दिन, त्यसपछिको एक महीना तीन, खै त विषयमा सहमति भएको ?
२. फेरि आन्दोलनमा जाने कुरा आएको छ । संवादहीनता छ । यो गम्भीर अवस्था किन सृजना भयो ? आन्दोलन र वार्ता कसरी सँगै अघि बढ्छ ? के सहमतिको सम्भावना सकिएको हो ?
३. अप्ठ्यारो अवस्थामा समेत मैले जहिले पनि सहमतिलाई स्पेस दिँदै आएको छु । प्रश्नावली समिति गठन गर्दा पनि मैले सहमतिलाई प्राथामिकता दिएको थिएँ । घोषणा पनि त्यही गरेको थिएँ । समिति गठन गर्दा पनि मैले पटक–पटक गरी १८ दिन समय दिएँ । तर, तपाइहरु किन असफल हुनुभयो ?
४. २९ माघबाट प्रस्ताव समितिको काम सकियो । नागरिक मसाज र तपाईहरुको आग्रह स्वीकार गर्दै मैले सम्वादका लागि संविधानसभा बैठकको मिति तोकिँन । संविधानसभा अनिश्चितकालका लागि स्थति गरेँ । तर, उपलब्धी के भयो ?
५. अब संविधानसभा कहिले बनाउने ? परिणामुखी वार्ता समेत नगरेको अवस्थामा संविधान स्थगन गर्नुको औचित्य के ?
६. तपाईहरु ११ चैतसम्म सकेसम्म सहमित प्रयास गर्नुस् । त्यस्तो अवस्था नभए मलाई तपाईँहरुले नै बनाएको अन्तरिम संविधान, संविधानसभा नियमावली र स्थापित अभ्यास बमोजिम अघि बढ्न सहयोग गर्नुस् । संविधानसभा सहमतिलाई सधैँ प्राथामिकतामा राख्छ, तर बन्धन बन्न सक्तैन ।
नयाँ पत्रिका दैनिकबाट
