समाचारबिहीबार, चैत्र ५, २०७१

बेवारिसे बम पड्कदा महिलाकाे मृत्यु

हिमालखबर

-विजयसिंह भारती, प्यूठान

ओखरकोट–५, प्यूठानकी ६२ बर्षीया नवदेवी पोखरेलको बेवारिसे बम पड्कदा मृत्यु भएको छ ।

घाँस काट्न गएकी पोखरेलको बम पड्कदा मृत्यु भएको प्रहरीले जनाएको छ । बम पड्केको आवाज आएको स्थानीयको जानकारीपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरी पुग्दा पोखरेल मृत अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>