समाचारबिहीबार, चैत्र ५, २०७१
राप्रपा नेपाल र राप्रपाकाे एकता गफ मात्रैः थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुर्यबहादुर थापाले राप्रपा नेपालसँगकाे एकता गफ मात्रै भएकाे बताएका छन् ।
८८ अाैं जन्माेत्सवकाे अवसरमा अायाेजित पत्रकार भेटघाटमा थापाले तत्काल एकता संभव नरहेकाे बताए ।
उनले भने, “भिन्न आदर्श र सिद्धान्त बोकेका राप्रपा र राप्रपा नेपालबीचको एकीकरणको एउटा पक्षले सिद्धान्त नछोडेसम्म सम्भव छैन, अहिले त्यो छोडिहाल्ने अवस्थामा कोही पनि देखिएको छैन ।” थापाले संघीयता बिनाकाे संविधान संभव नरहेकाे बताए ।
जनजाति र मधेशीलाई अधिकार दिनुपर्छ
थापाले महिला, आदिवासी जनजाति, दलित र पछि परेका समुदायको मागलाई सम्बोधन नगरेसम्म संविधानकाे अाैचित्य नरहने बताए । उनले भने, “समाजमा उपलब्ध साधन स्रोतमा सवैकाे पहुँज पुग्नुपर्छ ।”
पूर्वप्रधानमन्त्री थापाले समाजका सबै पक्षलाई समान हकदार नबनाएमा आर्थिक र राजनीतिक सुधार हुन नसक्ने बताए ।
अनुभवकाे काम भएन
थापाले सबै राजनीतिक दल एक ठाउँमा उभिएर संविधान जारी गर्ने मिति तोक्ने र बाँकी कामको यथाशक्य छिटो कार्यसूची बनाउनुपर्ने बताए ।
उनले भने, “संविधान लेख्न नसक्नुको दोष हामी सबैले लिनुपर्छ, जनतासमक्ष बाचा गरेअनुरुप संविधान दिने काममा अहिलेसम्म असफल हुँदै आएका छौँ, जनतामा अहिले बिल्कुल असन्तोष र निराशा छाएको अवस्था छ ।”
थापाले मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा ठूलो योगदान दिएका, युद्ध लडेका दक्ष र अनुभवी नेताको संविधानसभामा जमघट भए पनि दुईपटक संविधानसभाको निर्वाचन हुँदा समेत संविधान जारी गर्न नसक्नु दुर्भाग्य भएकाे बताए ।
