समाचारबिहीबार, चैत्र ५, २०७१

हात जाेडेर राष्ट्रपतिले भने, ‘कुण्ठाकाे राजनीति त्याग्नुस्’

हिमालखबर

Rss_Images_1426762978587_ND-Chitwan-Presidentराष्ट्रपति रामवरण यादवले कुण्ठाको राजनीति छोडेर एकताबद्ध भई यथाशीघ्र संविधान निर्माण गर्न दलहरुलाई आग्रह गरेका छन् ।

चितवनको रत्ननगरमा सुरु १३ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले दलहरुका बीचको सबै विवाद सुल्झाएर संविधान बनाउनका लागि दबाब दिन कानुन व्यवसायीलाई आग्रह गरे ।

जनतासँग दलहरुले गरेको वाचा पूरा गर्नुपर्ने भन्दै उनले आम नेपालीलाई स्वीकार्य हुने संविधान निर्माण गर्ने दायित्व दलहरुको भएको बताए । त्यसका लागि बारले थप जिम्मेवारीका साथ भूमिका खेल्नुपर्ने राष्ट्रपति यादवको आग्रह थियो ।

उनले भने, “जनआन्दोलनका बेला एकढिक्का हुनुहुन्थ्यो, अन्तरिम संविधान पनि मिलेरै बनाउनुभयो फेरि संविधान निर्माण गर्ने समयमा पनि एकढिक्का भएर उभिइदिन आग्रह गर्दछु ।”

राष्ट्राध्यक्षको हैसियतले आम नेपालीले सुख पाएको हेर्न चाहेको भन्दै उनले दुई वर्ष, चार वर्ष र छ वर्ष बित्यो मलाई आनन्द भइरहेको छैन, ३५ लाख नेपाली विदेशमा छन्, देशको आर्थिक अवस्था कमजोर छ, सबै समस्याको समाधान संविधान हो, त्यसका लागि एकपटक आफूले सबैको सहयोग मागेको बताए ।

मन्तव्यका क्रममा निकै भावुक बन्नुभएका राष्ट्रपति यादवले हात जोड्दै भने, “दश औँला जोडेर म आग्रह गर्न चाहन्छु, मिलेर संविधान बनाउनुपर्छ, त्यसमा तपार्इंहरुको सहयोग चाहिन्छ ।”

संविधानसभाका अध्यक्षको भूमिकाको प्रशंसा गर्दै बीचको बाटो खोजेर गतिरोधको निकास निकाल्न आग्रह गर्दै राष्ट्रपति यादवले यसमा कांग्रेस र एमालेको गहन भूमिका हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>