समाचारबिहीबार, चैत्र ५, २०७१
माओवादीहरू फुट्न मात्रै होइन जुट्न पनि जानेका छनः वैद्य
झण्डै दुई बर्षअघि एमाअाेवादीबाट फुटेकाे नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादीहरू फुट्न मात्रै होइन जुट्न पनि जानेको बताएका छन् ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आयोजना गरेको ‘ प्रतिरोध दिवस’मा अध्यक्ष वैद्यले अब फेरि माओवादी आन्दोलनको एउटै केन्द्र बन्ने ठोकुवा गरे ।
उनले एकताको नाममा संसोधनवाद र दक्षिणपन्थी अवसरवादलाई भने स्वीकार नगरिने स्पष्ट पारे । कार्यक्रममा माओवादीका स्थायी समिति सदस्य कुलप्रसाद केसीले टुक्रिएको माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउन सम्भव भएको बताए ।
