समाचारबिहीबार, चैत्र ५, २०७१

मुलुकलाई मूठभेडमा लैजाने काम कसैले गर्नुहुँदैनः नेम्वाङ

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका मुलभूत विषयमा तत्काल सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।

नेम्वाङले भने, “संविधानसभाको बैठक कहिले बोलाउनुहुन्छ ? भनेर नागरिकले आफूलाई सोध्ने गरेकाले जनतालाई के जवाफ दिने भन्नेमा नै समस्या छ । यसबारे शीर्ष नेताले के गर्ने हो त्यसबारे प्रष्ट पार्नुपर्छ ।”

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई मूठभेडमा लैजाने काम कोही कसैले गर्न नहुने बताए ।

३ चैतमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आफूले ११ चैतभित्रै सहमति जुटाउन आग्रह गरेको जानकारी दिँदै उनले संविधानका मुलभूत विषयमा सहमति जुटाएर चाँडो भन्दा चाँडो मुलुकलाई संविधान दिनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>