समाचारशुक्रबार, चैत्र ६, २०७१

युवा संघको समानान्तर भेला रोक्न निर्देशन

हिमालखबर

नेकपा एमालेले आफ्नो जनवर्गीय संगठन युवा संघको समानान्तर भेला रोक्न निर्देशन दिएको छ ।

पार्टीका युवा विभाज इन्चार्ज शेरबहादुर तामाङले ६ चैतमा राखेको समानान्तर भेला रोक्न निर्देशन दिएका हुन् । उनले समानान्तर भेला रोकेर संयुक्त भेला बोलाउन पनि निर्देशन दिएका छन् ।

संघका अध्यक्ष महेश बस्नेतले राजिनामा दिएपछि संघमा विवाद उत्पन्न भएको छ । स्थायी कमिटीको बैठकले उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाएपछि असन्तुष्ट समूहले अर्का उपाध्यक्ष दिलु पन्तको नेतृत्वमा समानान्तर भेला बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>