समाचारशुक्रबार, चैत्र ६, २०७१

‘डीभी र पीअार लिनेलाई एक पैसा सुविधा हुन्न’

हिमालखबर

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले डीभी र स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिएमा उसलाई जनताको करबाट जाने एक पैसा पनि सुविधा नदिने उद्घोष गरेका छन् ।

सूचना तथा सञ्चार क्लव नेपालको साताैं वार्षिकोत्सवको अवसरमा काठमाडाैंमा आयोजित ‘दोहोरो नागरिकता र विवाद’ विषयक अन्तरक्रियामा उनले भने, “दोहोरो नागरिकतासम्बन्धी विधेयक तयार हुदैँछ, संसदको अधिवेशन सुरु भएपछि यसले पूर्णता पाउनेछ, कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउछ ।”

मन्त्री पण्डितले २०५७ सालमै टुङ्गिएको दोहोरो नागरिकताको विषय पुनः चर्चाको विषय बनाइनु बिडम्बना बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>