समाचारशुक्रबार, चैत्र ६, २०७१

सहमतिमा संविधान निर्माण गर्न एमाले प्रतिवद्ध छः नेपाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहमतीय सविधान निर्माण प्रति प्रतिवद्धता रहेको बताएका छन् ।

गृह जिल्ला रौतहटको सदरमुकाम गौरको रामजानकी धर्मशालामा पार्टीको क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले आन्दोलनरत दललाई सहमतिमा ल्याउन पार्टीले अधिकतम लचकता अपनाउने बताए ।

भूमि–सुधार तथा व्यवस्था मन्त्रालयले सेवा केन्द्र स्थापना गर्न गरेको निर्णय फिर्ता गराउन आफूले पहल गर्ने पनि उनले बताए ।

अधिवेशनले पुनः दोस्रोपटक क्षेत्रीय इन्चार्जमा भिखारी राय यादवलाई सर्वसम्मतीले चयन गरेको छ ।

क्षेत्र नम्बर एकाे अधिवेशनले कमिटी उपाध्यक्ष विश्वनाथ साह, सचिव सन्तोष झा, सदस्यहरुमा शेख सागिरलगायत ३१ सदस्यीय समिति चयन गरेको पार्टी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>