समाचारशुक्रबार, चैत्र ६, २०७१
विपक्षीलाई अल्मल्याउन वार्ताको नाटकः यादव
मधेसी जनाधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले विपक्षीलाई अल्मल्याउन सरकारले वार्ताको नाटक गरेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष यादवले नेपाली कांग्रेस र नेकपा एमाले वार्ताको वहानामा विपक्षी मोर्चालाई फुटाउने खेलमा लागेको बताए ।
विगतमा भएको सहमति/सम्झौताको मर्मअनुसार संविधान जारी गर्न सत्तासीन दल तयार भए मात्र मोर्चाले आन्दोलनलाई स्थगित गर्न सक्ने उनले बताए ।
उनले कुनै एक दल विशेषको घोषणपत्र र मुखपत्र जस्तो संविधान नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै सबै जातजातिको भविष्य सुनिश्चित हुने सविधान जारी हुनुपर्नेमा जोड दिए ।
