समाचारशनिबार, चैत्र ७, २०७१

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच

हिमालखबर

newzeaandजारी विश्वकप क्रिकेटको चौथो र अन्तिम क्वर्टर फ़ाइनल म्याचमा न्यूज़ील्याण्डले वेस्टइंडीज़लाई १४० रनले हराएको छ ।

यो खेलसँगै वेस्टइंडीज़ विश्व कपको दौडबाट बाहिरिएको छ भने न्यूजील्याण्डको टीम सेमीफ़ाइनलमा प्रवेश गरेको छ ।

अब पहिलो सेमिफाइनल म्याच २४ मार्चमा न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।

सेमिफाइनलको दोस्रो खेलमा भारत र अष्ट्रेलिया २६ मार्चमा भिड्नेछन् ।

शनिबार टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्ड टोलीले मार्टिन गप्टिलकोे दोहोरो शतक (२३३ नटआउट) को मद्दतले ३९३ रन बनायो ।

लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको वेस्टइंडीज़को टोलीले पूरै ५० ओभर पनि खेल्न पाएन । वेस्टइंडीज ३०.३ ओभरमा २५० रन बनाएर अलआउट भयो ।

गेलको अर्धशतक पनि काम लागेन । न्यूजील्याण्डले ३० ओभरमै पूरै टिमलाई आउट ग¥यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>