समाचारआइतबार, चैत्र ८, २०७१

‘संविधान जारी गर्नसके गिरिजाबाबुप्रति सच्चा श्रद्धाञ्जलि’

हिमालखबर

उपप्रधानमन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर संविधान जारी गर्नसके गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले ०६२/०६३ को आन्दोलनका उपलब्धिलाई संस्थागत गरी मुलुकलाई सङ्कमणकालीन अवस्थाबाट निकास दिनका लागि आन्दोलनकारी शक्तिबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे ।

स्व कोइरालाको पाँचौँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले विराटनगरमा तीनजना पत्रकारलाई सम्मानित गरे ।

नेपाल प्रेस युनियन मोरङद्वारा घोषित रु १५ हजार राशिको गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट अन्नतराज न्यौपाने, रु १० हजार राशिको गिरिजाप्रसाद युवा पत्रकारिता पुरस्कारबाट हरि कोइराला र रु १० हजार राशिको गिरिजाप्रसाद नारी पत्रकारिता पुरस्कारबाट उमा पोखरेल सम्मानित भएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>