समाचारआइतबार, चैत्र ८, २०७१
अपडेटः कार दुर्घटनामा भारतीय दम्पतीको मृत्य

तस्वीर: अशोकसुजन श्रेष्ठ
मकवानपुरको कुलेखानी गाविस–६ सिमखोलामा भारतीय कार दुर्घटना हुँदा भारतीय दम्पतीकोे मृत्यु भएको छ भने चार जना गम्भीर घाईते भएका छन् ।
मृत्यु हुनेमा झारखण्ड, राँचीको जगदिश साहुरोड–७ न्यूकिशोरगञ्जका ६३ वर्षीय घनश्यामप्रसाद र ६० बर्षीया देवयन्तीदेवी रहेको प्रहरीले जनाएको छ ।
कारमा चालकसहित एकै परिवारका सात जना भारतीय सवार थिए । घटनामा एक बालक भने सकुशल नै रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
घाईतेहरुमा एक पुरुष, एक बालिका र तीन बालक छन् । घाईतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
भारतीय राज्य झारखण्डको जेएच ०१ बीजी ७२०७ नम्बरको कार सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
घाईतेहरुको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।

तस्वीर: अशोकसुजन श्रेष्ठ
कुलेखानी हुँदै हेटौंडा–काठमाडौं सडक मार्ग साँघुरो र घुमाउरो भएकाले दुर्घटना भएको भन्दै चैतबाट सार्वजनिक सवारी साधनमा टाइम कार्ड प्रयोगमा ल्याईएको छ ।
जिल्ला ट्राफिक कार्यालय र नारायणी यातायात व्यवसायी संघले लागू गरेको टाईमकार्ड निजी सवारी साधनमा भने प्रयोगमा छैन ।
अशोकसुजन श्रेष्ठ, हेटौँडा
