समाचारसोमबार, चैत्र ९, २०७१
कुलेखानी कार दुर्घटना: एकै परिवारका पाँचको मृत्य (अपडेट)
मकवानपुरको कुलेखानी–६ मा भारतीय कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परेका दुई बालक घाईते छन् ।
दुर्घटनामा झारखण्ड, राँचीको जगदिश साहुरोड–७, न्यूकिशोरगञ्जका ६० वर्षीय घनश्यामप्रसाद र ६३ वर्षीया देवयन्तीदेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु श्रीमान्–श्रीमती हुन् ।
त्यस्तै, घाईते १० वर्षीय रिया बर्मन, ६० वर्षीय सन्तोष टेठा र १० वर्षीय बिउसब बर्मनको काठमाडौंको बयोधा र शिवज्योती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।
घाईते वालकद्वय ७ वर्षीय आर्यन बर्मन र १२ वर्षीय ऋषि बर्मनको बयोधा अस्पतालमै उपचार भइरहेको छ ।
कारमा चालकसहित एकै परिवारका सात जना भारतीय थिए ।
भारतीय राज्य झारखण्डको जेएच ०१ बीजी ७२०७ नम्बरको कार सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।
हेटौंडा–काठमाडौं सडक मार्ग साँघुरो र घुमाउरो भएकाले बारम्बार दुर्घटना भइरहने भन्दै सवारी साधनको गति नियन्त्रणका लागि टाईम कार्ड प्रयोगमा ल्याईएको छ ।
जिल्ला ट्राफिक कार्यालय र नारायणी यातायात व्यवसायी संघले लागू गरेको टाईमकार्ड निजी सवारी साधनमा भने प्रयोगमा छैन ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
