समाचारसोमबार, चैत्र ९, २०७१
दाहालले राष्ट्रपतिलाई भेटे
राष्ट्रपति रामवरण यादवसँग एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ९ चैत बिहान राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता गरेका छन् । उनले ८ चैतमा पनि राष्ट्रपतिसँग सामूहिक भेटवार्ता गरेका थिए ।
भेटमा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी हुनुपर्ने बताउँदै त्यसका लागि विगतको आन्दोलनकारी दलबीच सहमति हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले सहमतिमै संविधान जारी हुने अवगत गराउँदै त्यसका लागि सत्तारूढ दलहरुसँग पहल गरिरहेको बताएको उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।
राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच संविधान निर्माणबाहेक दुवैको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको स्वकीय सचिव खड्काले बताए ।
राष्ट्रपति यादव र अध्यक्ष दाहाल दुवैले यसै साता चीनको भ्रमण गर्दै छन् ।
