समाचारसोमबार, चैत्र ९, २०७१
सर्वमान्य मान्यता नै प्रक्रियाः एमबी सिंह
-विजयसिंह भारती, प्यूठान
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले राजनीतिक उपलब्धी र गणतन्त्रलाई संस्थागत गर्न प्रक्रियाबाटै संविधान बनाउनुको विकल्प नभएको बताएका छन् ।
प्रगतिशील पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा सिंहले गणतन्त्र संस्थागत गर्न संविधान अपरिहार्य भएकाले प्रक्रियाबाटै संविधान बनाउनुपर्ने बताए ।
उनले भने, ‘‘शतप्रतिशत सहमति नहुने अवस्थामा प्रक्रियाको विकल्पको हुन्न । सर्वमान्य मान्यता नै प्रक्रिया हो ।’’
सिंहले प्रक्रियाबाट अघि बढ्न सरकार डराउन नहुने बताए । एमाओवादीको स्वार्थले संविधानसभले प्रक्रिया अघि बढाउन नसक्नु दुखद् भएको बताए ।
‘‘सवैका आ–आफ्नै विचार हुन सक्छन्, सवै मिल्छ भन्ने छैन् । संविधान जारी गर्न नसक्दा मुलुक गम्भिर संकटमा पर्ने तर्फ हाम्रो गम्भिर चिन्ता छ ।’’, सिंहले भने । उनले विश्वमा संघीयता लागू भएर पनि खारेज गरिएको उदाहरण भएकाले तत्काल संविधानसभाले प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
