समाचारबुधबार, चैत्र ११, २०७१

न्यायाधीश बम हत्यामा संलग्न सञ्जय साउदीबाट पक्राउ

हिमालखबर

सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न सञ्जय स्माइली मगर साउदी अरबमा पक्राउ परेका छन् ।

मगरलाई साउदी प्रहरीले १० चैतमा पक्राउ गरेको र उनलाई नेपाल ल्याउने तयारी भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

“परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल गरी उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ, इन्टरपोलसँग पनि कुरा भइरहेको छ,” एसपी बज्राचार्यले भनिन् ।

१८ जेठ २०६९ मा न्यायाधीश बमको हत्यामा संलग्नमध्ये मेघबहादुर थापा, शिव चौधरी, प्रेमराज खड्गा र दीपक कर्णलाई प्रहरीले पक्राउ गरी गत १९ पुसमा सार्वजनिक गरेको थियो ।

मगर यसअघि घटनाको सातौं दिन हत्याका मुख्य अभियुक्त बाबु भनिने मेघबहादुर थापासँगै घटनाको सातौं दिन समातिए पनि प्रमाण नपुगेको भन्दै दुवै जना छुटेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>