समाचारबिहीबार, चैत्र १२, २०७१

एमाले कार्यविभाजन सूची आज सार्वजनिक हुने

हिमालखबर

नेकपा एमाले केन्द्रीय नेताहरुको कार्यविभाजनको अन्तिम सूची आज साँझसम्ममा सार्वजनिक हुने भएको छ ।

१२ चैत राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर बालकोटमा सम्पन्न स्थायी कमिटीको बैठकले महासचिव ईश्वर पोखरेलले संशोधनसहित प्रस्तुत गरेको कार्यविभाजनको प्रस्तावबारे लगभग टुङ्गो लगाइसकेको भए पनि केही असन्तुष्टि हटाई सो सूची सार्वजनिक हुने छ ।

एमाले केन्द्रीय सदस्य सूर्य थापाका अनुसार साँझसम्ममा आधिकारिक रुपमा सो सूची सार्वजनिक गर्ने तयारी भएको बताए ।

अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता माधवकुमार नेपालसँग थप परामर्श गरी सूचीलाई अन्तिम रुप दिने बुधबारको स्थायी कमिटीले तय गरेको थियो ।

बैठकमा केही नेताले कार्यविभाजनको आधार र मापदण्डलाई पद्धतिसङ्गत बनाउन जोड दिनुभएको थियो । नेता नेपाल पार्टी कार्यालय बाहिर हुने औपचारिक बैठकमा अनुपस्थित रहँदै अाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>