समाचारबिहीबार, चैत्र १२, २०७१

प्रधानमन्त्री र शिक्षा मन्त्रीकै निर्देशनमा अाह्वान गरिएकाे सम्बन्धन राेकिदैनः रेक्टर

हिमालखबर

DSC_0275त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनीधि न्यौपानेले मेडिकल कलेजहरुलाई सम्बन्धन दिनकै लागि सूचना प्रकाशित गरेको बताएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयकाे अाह्वान अनुसार सम्बन्धन दिन लागिएकाे भन्दै कसैले केही गर्दैमा त्यसबाट ब्याक नहुने बताए । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले त्रिविले  कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्रीकै निर्देशन अनुसार सम्बन्धनको लागि सूचना आह्वान गरेको स्पष्ट पार्दै प्रक्रिया पुर्‍याएर निवेदन दिन आएका मेडिकल कलेजहरुलाई रोक्नु आवश्यक नभएको तर्क गरे ।

रेक्टर न्यौपानेले डिन कार्यालयले सम्बन्ध नदिने भनि गरेको निर्णयप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यान आर्कषित भएको भन्दै त्यस विषयमा त्रिवि कार्यकारी परिषदले तुरुन्तै आवश्यक निर्णय लिने घोषणा गरे ।

उनले भने, “डिनले गरेको निर्णय नियमले मिल्छ कि मिल्दैन हेर्छौं, नमिल्ने भए उल्टिन पनि सक्छ । नियमले डिन कार्यालयको निर्णय उल्टाउन पनि मिल्छ ।” उनले सम्बन्धन दिन डेढ वर्ष अघि आव्हान गरेकाले सम्भाब्यता अध्ययन गराएर डिन कार्यालयमा पठाइएकाे बताए ।

उनले त्रिविले टिचिङलाई ६० बाट २ सय चिकित्सक पढाउने संस्था बनाउन कति प्रोफेसर र भौतिक संरचना आवश्यक छ भनि पठाएको पत्रको जवाफ समेत डिन कार्यालयले अहिलेसम्म नदिएको गुनासो गरे ।

डा. गोविन्द केसीको आन्दोलनले आगोमा घिऊ थप्ने काम गरेको आरोप लगाएका न्यौपानेले सम्पूर्ण स्वास्थ्य उपचार र शिक्षालाई निशुल्क गर्नु पर्ने केसीको माग पूरा नहुने समेत दाबी गरे । भने, “उनको माग पूरा गर्न देशको ल्याकत छैन । नहेरी नसक्ने कुरा थोपरेर यो पुरा नगरे म मर्छु भन्नु ठिक होइन ।”

नेकपा एमालेका सभासद एवम चिकित्सक डा. बंशिधर मिश्रले डा. गोविन्द केसीको आन्दोलनलाई बालहठ सम्म भन्न भ्याए । उनले डा केसीलाई अदालतको आदेश र सरकारको निर्देशन नमान्ने बालहठ गरेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>