समाचारबिहीबार, चैत्र १२, २०७१
सप्तरीमा भीषण आगलागीः एकको मृत्यु, ७५ घर जलेर नष्ट
-श्रवणकुमार देव, राजविराज
सप्तरीको कञ्चनरुप नगरपालिकामा आगलागी हुँदा ७५ घर जलेर नष्ट भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
१२ चैत मध्यान्हमा भएको आगलागीमा ३२ परिवारका ७५ घर जलेको इलाका प्रहरी कञ्चनपुरले जनाएको छ ।
आगलागीमा परी स्थानीय ५५ बर्षीय चलितर सरदारको मृत्यु भएको हाे । खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय ललकु सरदारको परालको थुप्रोबाट सल्केको आगोले पुरै वस्ती जलेको हो ।
राजविराज, इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको छ ।
