समाचारशुक्रबार, चैत्र १३, २०७१

विशिष्ट व्यक्तिकाे सवारीमा अव जाम नहुने

हिमालखबर

सरकारले राजधानीको ट्राफिक समस्यालाई ध्यानमा राखेर विशिष्ट अतिविशिष्ट व्यक्तिको भ्रमणका क्रममा सर्वसाधरणकाे सुविधामा असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले विशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकलाई असर नपर्ने गरी र सुरक्षामा पनि कुनै सम्झौता नहुने गरी सहज बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले गत साउनमा आएको बाढीपहिरो र डुबानमा परी बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपाल्चोकका प्रभावित परिवारको पुुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणसम्बन्धी एकीकृत कार्ययोजना स्वीकृत गरेको सरकारका प्रवक्ता मीनेन्द्र रिजालले बताए ।

हालै ताप्लेजुङलगायत विभिन्न जिल्लामा भएको आगलागी सम्बन्धमा तत्काल थप राहत प्रदान गर्न र विस्थापितको बसोवासको व्यवस्था गर्न एकीकृत कार्ययोजनाको तयार गरी प्रस्ताव ल्याउन प्रधानमन्त्री सुशील कोइरालाले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>