समाचारशुक्रबार, चैत्र १३, २०७१
आमहड्ताल र लाठी प्रदर्शन नगर्न मोर्चालाई गृहमन्त्रालयको आग्रह
गृहमन्त्रालयले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई आम हड्ताल र लाठी जुलुस प्रदर्शन नगर्न आग्रह गरेको छ ।
मोर्चाको यस्तो आन्दोलनले सर्वसाधरणलाई सास्ती हुनाका साथै राजनीतिक दलहरुबीचको दूरी टाढा हुने भएकाले यस्तो आन्दोलन नगर्न आग्रह गरेको छ ।
गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उत्तेजक आन्दोलन नगर्न भनेको छ । एमाओवादी मोर्चाले १९ चैत र २४–२६ चैतमा आम हड्ताल आह्वान गरेको छ ।

