समाचारशनिबार, चैत्र १४, २०७१
बालकाेट पुगे प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएकाे छ ।
ओली निवास बालकोटमा डेढ घन्टा भएको वार्तामा सहमतिलाई नै प्राथमिकता दिएर अगाडि जाने बारे छलफल भएको छ । वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले ओलीसँगको भेटमा सहमतिकै आधारमा जानेबारेमा कुराकानी भएको बताए।
उनले भने, “संविधान निर्माणका लागि सहमतिमै जुटाैं, सहमतिलाई पहिलो प्राथमिकता दिएर सहमतिकै आधारमा संविधान निर्माण गराैं भन्नेबारेमा छलफल भयो, सहमति नभए बहुमतीय प्रक्रिया त छँदैछ ।”
भेटमा दुई नेताको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी आदानप्रदान गरिएको थियो । भेटवार्तापछि प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीको भेटमा संविधान निर्माणकै विषयमा केन्द्रित भएर छलफल भएको बताए ।
एमाले नेता पाण्डेले भने, “संविधान सहमतिमै निर्माण गर्ने र सहमतिमै जारी गर्ने भन्नेबारेमा छलफल भयो, सहमतिबाटै प्रक्रियामा जाने कुरा भयो ।”
विपक्षीले सुरु गरेको आन्दोलनको औचित्य नभएको बताउँदै उनले विपक्षी दलले आन्दोलन फिर्ता गरेर सहमतिमा आउनुपर्नेबारेमा पनि छलफल भएको बताए ।
