समाचारशनिबार, चैत्र १४, २०७१

राष्ट्रिय झण्डा अंकित लाेगाे बाँड्दै हिडे ओली

हिमालखबर

-सइन्द्र राई/तस्वीरहरुःअानन्दराम ‌डंगाेल

5२३ दिनपछि बालकोटबाट बाहिर निस्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रिय झण्डा बाँडे ।

रुघाखोकीले सताएपछि नीजि निवास बालकोटमा आराम गरिरहेका ओली आज घरबाहिर निस्केका थिए ।

एमाले छाडेर अन्यत्र गएका डा.डिल्लीराज खनालसहितका कार्यकर्तालाई पुनःपार्टी प्रवेश गराउने कार्यक्रमका लागि केन्द्रीय मुख्यालय बल्खु जानुअघि उनले प्रधानमन्त्री सुशील कोइरालासँग घरमै भेटघाट गरेका थिए ।

सहमतिमा संविधान बनाउन वार्तालाई अघि बढाउनेबारे छलफल भएपछि प्रधानमन्त्री कोइरालाबाटै ओलीले राष्ट्रिय झण्डा अंकित लोगो बाड्न थाले ।

छलफल अघि प्रधानमन्त्री कोइरालालाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिए । त्यसपछि छलफल सुरु भयाे ।

देब्रे छातिमा राष्ट्रिय झण्डा लगाएका प्रधानमन्त्रीले भने, ‘‘के अरु पनि छ ?’’ ओलीका स्वकीय सचिव रमेश आचार्यले झण्डै तीन सय झण्डा प्याक गरिदिए । झण्डाको पोको बुझाउँदै ओलीले भने, ‘‘अरुलाई पनि बाँडिदिनुहोस् ।’’

प्रधानमन्त्रीसँगको भेटघाटपछि ओली दिउँसो १ बजे बल्खुमा आयोजित कार्यक्रममा पुगे ।

पार्टीभित्र कार्यविभाजनको विवाद चर्किएका बेला बरिष्ठ नेता माधकुमार नेपाल र ओलीसँगै बसे । त्यहाँ पनि ओलीले नेता नेपाललाई राष्ट्रिय झण्डा लगाइदिएर अंकमाल गरे । अनि, दुवैले कार्यकर्तालाई भने, ‘‘हामी भित्र झगडा गरेजस्तो देखिएपनि एक छौं ।’’

उक्त कार्यक्रम सकिएपछि ओली एमाओवादीका नेताहरुसँगको भेटबार्तामा पुगे । चार दिन अघि एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईसँग भएको सहमति अनुसार भेटबार्ताका लागि ओली कोटेश्वर पुगेका थिए ।

भेटबार्तामा संविधान बनाउन प्रयत्न गर्ने छलफल भयो । उक्त भेटबार्तापछि ओलीले दाहाल र भट्टराईलाई पनि राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिए ।

सुरुमा हिच्किचाएका दाहाललाई ओलीले भने, ‘‘अरुको अनुरोध पनि मान्नुहोस् न ।’’ त्यसपछि ओलीले दाहाल र भट्टराईलाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिए ।

एमालेका उपाध्यक्ष भीम रावलसहित चारै जना मुसुक्क हाँस्दै सामुहिक तस्वीर लिएपछि ओलीले भने, ‘‘यो राष्ट्रिय अखण्डताको प्रतीक हो ।’’

नयाँ संविधानका अन्तर्वस्तुमा विमति बढ्दै गएपछि टाढिएका दलहरुबीच छुट्टा–छुट्टै भेटबार्ता भएको थियो । पाँचदिने चीन भ्रमणबाट फर्किएको भोलिपल्ट दाहालले एमाले नेताहरुसँग भेटवार्ता गरेका हुन् । यसअघि सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग पनि एमाअाेवादी नेताहरुले वार्ता गरेका थिए ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले १५ चैतसम्मलाई अन्तिम पटक भन्दै सहमतिका लागि समय दिएका छन् । नेम्वाङले संविधानसभामा प्रतिनीधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँगको सल्लाहपछि समय दिएका हुन् ।

6

भट्टराई लाेगाे लगाइदिदै अाेली ।

1

दाहाललाई लाेगाे लगाइदिदै अाेली ।

2

प्रधानमन्त्रीलाई झण्डा बुझाउँदै अाेली ।

3

झण्डा लगाएपछि छलफल गर्दै प्रधानमन्त्री काेइरालासँग

4

नेता नेपालाई लाेगाे लगाइदिदै अाेली ।

5

राष्ट्रिय झण्डा लगाएपछि सामुहिक तस्वीर खिच्दै एमाअाेवादी नेताहरुसँग ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>