समाचारआइतबार, चैत्र १५, २०७१
एमाले नेता ढकाललाई स्वाइन फ्लु
स्वाइन फ्लुबाट अस्वस्थ्य हुनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज रामनाथ ढकाललाई उपचारका लागि आज भारतको नयाँ दिल्ली लैजाने तयारी भएको छ ।
हाल धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका उनलाई निमोनिया र स्वाइन फ्लुको भएको पारिवारिक स्रोतले जनाएको छ ।
चिकित्सकको सुझावअनुसार नयाँ दिल्लीको मेदान्त अस्पतालका लागि थप उपचार गराउने तयारी भएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए।
भारतबाट एअर एम्बुलेन्स आएपछि आज अपराह्न उहाँलाई त्यसतर्फ लगिनेछ । ढकाल व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिका पूर्वसभापति हुन् ।
