समाचारआइतबार, चैत्र १५, २०७१
संविधानसभा बैठक २३ चैतमा बस्ने
दलहरुबीच सहमतिका लागि भन्दै डेढ महिनादेखि स्थगित संविधानसभा बैठक २३ चैतमा बस्ने भएको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले १५ चैतमा सूचना जारी गर्दै २३ चैत दिउँसो १ बजेका लागि संविधानसभाको बैठक बोलाइएको संविधानसभा सचिवालयका सहसचिव हिमलाल सुवेदीले जानकारी दिए ।
दलहरुलाई सहमतिका लागि दबाबसहित पटक पटक समय दिंदा पनि सहमति हुने छांटकांट नदेखिपछि सभाध्यक्षले बैठकको मिति तोकेका हुन् ।
यसअघि सभाध्यक्ष नेम्बाङले विधानसभा बैठक अनिश्चितकाललाई स्थगित गर्नुको औचित्य पुष्टि हुने गरी वार्ता नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए भने दलहरुलाई सहमतिका लागि १५ चैतसम्मको म्याद दिएका थिए ।
