समाचारमंगलबार, चैत्र १७, २०७१
एमाअाेवादीले दुविधाग्रस्त मनस्थिति त्याग्नुपर्छः पाेखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीलाई दुविधाग्रस्त मनस्थितिलाई त्यागेर संविधान निर्माणका लागि अग्रसर हुन अाग्रह गरेका छन् ।
प्रेस चौतारी मोरङले विराटनगरमा आयोजित पत्रकार भेटघाट उनले निर्वाचनको माध्यमबाट जनताले संविधान लेख्न पठाएकामा एमाओवादीसहितका दलले सडकमा लट्ठी, खुकुरी बोकेर उत्रनु भनेको जनताको मतको उपहास गर्न खोजेको बताए ।
जातीय पहिचानको नाममा सिधा–साधा जनतालाई भावनामा बहकाएर समाजमा विभेद उत्पन्न गराउने कार्यबाट सतर्क हुनुपर्ने उल्लेख गर्दै महासचिव पोखरेलले बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक भएकाले सबैको प्रतिनिधित्व हुने खालको संविधानको पक्षमा एमाले रहेको स्पष्ट पारे ।
