समाचारमंगलबार, चैत्र १७, २०७१
सत्तारुढ दलहरुकाे दम्भ र विपक्षीकाे अान्दाेलनले संविधान बनेनः राप्रपा नेपाल
राप्रपा नेपालले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेकाे दम्भ र विपक्षी माेर्चाकाे अान्दाेलनले संविधान बन्न नसकेकाे निष्कर्ष निकालेकाे छ ।
विराटनगरमा जारी केन्द्रीय कार्य समितिकाे बैठकमा बाेल्ने नेताहरुले ठूला दलहरुले संविधान बनाउन नचाहेकाे टिप्पणी गरेकाे सह–प्रवक्ता माेहन श्रेष्ठले बताए ।
उनका अनुसार बैठकले दुई तिहाई वा सवैकाे सहमितबाट संविधान बन्न सक्ने निष्कर्ष निकाले छ । यदि, दुवै विकल्पबाट संविधान बन्न नसकेमा द्वन्द्व चर्केर जान सक्ने अनुमान गरेकाे छ ।
राप्रपा नेपालले ‘हरेक वडामा राप्रपा नेपाल र समाजका हरेक क्षेत्रमा राप्रपा नेपाल’ अभियान चलाउने निर्णय पनि गरेकाे छ ।
