समाचारमंगलबार, चैत्र १७, २०७१

मुलुकभरका अस्पतालमा ओपीडी सेवा बन्द हुने

हिमालखबर

आमरण अनशनमा रहेका प्राध्यापक डा‍. गोविन्द केसीका मागलाई सरकारले सम्बोधन नगरेको विरोधमा नेपाल चिकित्सक संघले १८ चैत, बुधबारदेखि देशभरका निजी र सरकारी अस्पतालमा ओपीडी (बहिरङ्ग) सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघका अध्यक्ष अञ्जनीकुमार झाले सरकारले माग नसुनेकाले ओपीडी बन्द गर्न बाध्य भएको बताएका छन् ।

१७ चैत दिउँसो त्रिवि शिक्षण अस्पतालबाट ओपीडी सेवा बन्द गरिने घोषण गरेका डा. झाले ४८ घन्टाभित्र मागको सुनुवाई नभए आकस्मिक सेवा पनि बन्द गरिने बताएका छन् ।

डा. केसीका मागप्रति सरकारले बेवास्ता गरे देशभरका अस्पतालहरु ठप्प पारिने चेतावनी यसअघि नै चिकित्सक संघले दिंदै आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>