समाचारमंगलबार, चैत्र १७, २०७१

आन्दोलनको धम्कीले झुक्दैनौंः देउवा

हिमालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान नबनाउने र बनाउन पनि नदिने खेलमा एमाअाेवादी लागेको आरोप लगाएका छन् ।

नेपाल टेलिकम वर्कस युनियनको केन्द्रीय परिषद् भेलाको उद्घाटन गर्दै देउवाले एमाओवादी नेताहरूले संविधान बनाउन नचाही अराजकता र बखेडा मात्रै सिर्जना गरिरहेको बताए ।

अघिल्लो संविधानसभाले संविधान बनाउन नसक्नुमा कांग्रेस–एमालेको कुनै दोष नरहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री देउवाले तत्कालीन संविधानसभामा ठूलो दलका रुपमा रहेको एमाओवादीकै कारण संविधान दिन नसकिएको बताए। “आन्दोलनको धम्कीले हामी झुक्दैनौं, दोस्रो संविधानसभाले संविधान दिएरै छाड्छ”, देउवाले भने ।

मिलेर बसेको नेपाली समाजको सद्भावलाई नखल्बलिने गरी सङ्घीय राज्य निर्माण गर्नुपर्नेमा उनले जाेड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>