समाचारबुधबार, चैत्र १८, २०७१
भारतीय विदेश सचिव आउँदै
भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकर १९ चैतमा काठमाडौं आउँदै छन् ।
दुई दिने काठमाडौं बसाईका क्रममा उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
सचिव जयशंकर १९ चैत बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने र २० चैत दिउँसो ३ः४५ बजे भारत फिर्ता हुने कार्यक्रम रहेको काठमाडौंस्थित भारतीय राजदूताबासले जनाएको छ ।
