समाचारबुधबार, चैत्र १८, २०७१

मुम्बईमा कोठी सञ्चालन गर्ने सोनु पक्राउ

हिमालखबर

मुम्बईमा कोठी (बेश्यालय) सञ्चालन गर्ने सोनु बाई भनिने सरस्वती लामालाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ ।

लामा जीउ मास्ने बेच्ने मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी अभियुक्त हुन् । उनलाई प्रहरीले १७ वर्षपछि १९ चैतमा पक्राउ गरेको हो ।

मुम्बईमा कोठीसमेत सञ्चालन गर्दैआएकी लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतले आजकै मितिदेखि कैद भुक्तानका लागि केन्द्रीय कारागारमा पठाएको छ ।

२०५३ भदौमा कृष्ण परियार र रमेश रामसमेतका व्यक्तिले पीडित युवतीलाई बिक्रीका लागि भारतको मुम्बई पुर्‍याई लामासँग बेचेका थिए । लामाले ती युवतीलाई आफ्नो कोठीमा केही दिन वेश्यावृत्तिमा लगाई पुनः अर्की मीरा भन्नेलाई बिक्री गरेकी थिइन् ।

पीडितलाई यातना दिएर वेश्यावृत्तिमा लगाइरहेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरेको थियो ।

माइती नेपालमा आश्रय लिइरहेकी पीडितले २०५५ साल वैशाख २७ गतेका दिन लामाविरुद्व दिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतले १० वर्षको कैद फैसला गरेपनि लामा फरार रहँदैआएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>