समाचारबुधबार, चैत्र १८, २०७१

धर्म परिवर्तन राेक्न राप्रपा नेपालकाे माग

हिमालखबर

राप्रपा नेपालले नेपालमा भइरहेकाे धर्म परिवर्तन राेक्न सरकारसँग माग गरेकाे छ ।

विराटनगरमा सकिएकाे बैठकले पछिल्लाे समय डर, त्रास र प्रलाेभन देखाएर याेजनाबद्ध रुपमा धर्म परिवर्तन भइरहेकाे भन्दै यसलाई राेक्न राप्रपा नेपालले अाग्रह गर्ने निर्णय गरेकाे छ ।

अाफ्नाे माग पूरा नभए २३ चैतमा बाेलाइएकाे संविधानसभाकाे बैठक अवराेध गर्ने चेतावनी दिएकाे छ ।

निर्णयकाे पूर्ण विवरणः–

राप्रपा नेपालको तीन दिनदेखि बिराटनगरमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समिति को बैठक आज सम्पन्न भएको छ । बैठकले देहाय बमोजिमका निर्णयहरू गरेको छ-

१) हाल देशमा पछिल्लो समय लोभ, डर, त्रास र प्रलोभन देखाई योजनाबद्ध र संगठित रुपमा धर्म परिवर्तन गर्ने कार्य भइरहेकोमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।

कानुनले निषेध गरेको धर्म परिवर्तन कार्य रोक्न बैठकले सरकारसँग माग गर्दछ साथै धर्म परिवर्तन कार्यमा विभिन्न गैरसरकारी संस्था संलग्न देखिएकाले त्यस्ता संस्थाको नियमन गर्न, बिद्यमान कानुन पालना गराउन र त्यस्ता संस्थाको आर्थिक बिवरण सार्वजनिक गर्न गराउन यो बैठक सरकारसंग माग गर्दछ ।

धर्म परिवर्तनबारे छानबिन र अनुसन्धान गर्न उच्चस्तरीय आयोग बनाउन, गौहत्या रोक्न, हत्या प्रयोजनका लागि गाईको पैठारी रोक्न समेत बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

ख) संविधानसभामा राप्रपा नेपालले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र संघीयताबारे प्रश्न उठाउन पाउने माग गर्दै आएको छ । यो माग सम्बोधन नभए चैत्र २३ गते आब्हान गरिएको संविधानसभाको बैठकमा उपस्थित भएर अबरुद्ध गर्न संसदीय दललाई बैठक मार्गनिर्देश गर्दछ ।

ग) संविधान निर्माणका लागि कांग्रेस, एमालेको गणितीय दम्भ, एमाओवादी र मधेशवादी दलको मोर्चाबन्दी र आन्दोलन र सबै पक्षबाट राप्रपा नेपाल लगायतका शक्तिलाई निषेध गर्ने मानसिकता बाधक देखिएको छ ।

संख्याको गणितीय दम्भ र निषेधको मानसिकता त्याग्न, मोर्चाबन्दी र आन्दोलन छाडेर सबै दलका बीच सर्वदलीय बैठकबाट समाधान खोजिनुपर्दछ । संविधानसभामा सहमति हुन नसकेका बिषयहरु गणतन्त्र, धर्म निरपेक्षता र संघीयताबारे जनमत संग्रह गरिनु पर्दछ ।

घ) वृहत् राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपासंग जारी एकता प्रक्रियालाई निरन्तरता दिन, समान विचार पक्षधरकाबीच मोर्चा वा एकता गर्दै जाने निर्णय गरिएको छ ।

ङ) भ्रष्टाचारका विरुद्धमा सशक्त र प्रभावकारी कार्यक्रम सञ्चालनका लागि कार्य योजना बनाउन केन्द्रीय कार्य सम्पादन समितिलाई निर्देश गरेको छ । अवैध ढंगबाट आर्जन गरेको सम्पत्ति छानवीन गर्न, अबैध प्रमाणित भए जफत गर्न र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न बैठक सरकारसंग माग गर्दछ ।

च) स्थानीय निकायको निर्वाचन नभएको लामो समय भएको छ, जसले गर्दा भ्रष्टाचार, साधन श्रोतको व्यापक अनियमितता, सेवाग्राहीले समयमा सुविधा पाउनबाट वञ्चित हुनुपरेको छ, यसका लागि अविलम्ब स्थानीय निकायको निर्वाचन घोषणा गर्न वैठक माग गर्दछ ।

छ) हरेक वडामा राप्रपा नेपाल, समाजका हरेक क्षेत्रमा राप्रपा नेपाल कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिनेछ, देशका सबै वडामा आगामी जेठ १५,१६,१७ र १८ गते एकैपटक यो अभियान सञ्चालन हुनेछ ।

ज) पार्टीका भातृ संगठनहरुको महाधिवेशन क्रमशः गर्दै जाने र यस क्रममा यूवक र बिद्यार्थी संगठनको आगामी जेठ मसान्तसम्म तथा ट्रेड यूनियनको मंसिर मसान्तसम्ममा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

– मोहन श्रेष्ठ
सह–प्रबक्ता, राप्रपा नेपाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>