समाचारशुक्रबार, चैत्र २०, २०७१
डा.केसीसँग भएकाे सम्झाैता अनुगमन गर्न कार्यदल
मन्त्रिपरिषद्को बैठकले डा.गाेविन्द केसीसँग भएकाे सम्झाैता अनुगमन गर्न एक कार्यदल गठन गरेकाे छ ।
सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, मुख्यसचिव लीलामणि पौड्याल र प्राध्यापक डा. गोविन्द केसी तथा नेपाल चिकित्सक सङ्घका अध्यक्ष अञ्जनीकुमार झाबीच भएको सम्झौता गर्दै अनुगमन गर्न कार्यदल गठन गरेकाे हाे ।
उक्त सम्झौताअनुसार कार्यान्वयनका लागि आवश्यक काम गर्न सम्बन्धित निकायलाई लेखी पठाउने तथा कार्यान्वयनको अनुगमन गर्न मुख्य सचिवको संयोजकत्वमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष र प्राध्यापक डा वाइ पी सिंह सदस्य रहेको कार्यदल गठन बैठकले गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले बताए ।
त्यसैगरी, उक्त सम्झौताको दुई नम्बर बुँदामा भएअनुसार चिकित्साशास् त्रसम्बन्धी विस्तारित कार्यक्रम, आशयपत्र, विद्यार्थी भर्ना, सिट थपघट, सम्बन्धन, शुल्कजस्ता विषयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलबाट भएगरेका कामको छानबिन गर्न पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा शिक्षा तथा स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयका सहसचिव सदस्य रहने गरी छानबिन समिति गठन गरिएको छ ।
