समाचारशनिबार, चैत्र २१, २०७१
वार्तामा बस्न माेर्चालाई मन्त्री रिजालको आग्रह
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सहमतिको मानसिकताका साथ प्रतिपक्षीलाई वार्तामा बस्न आग्रह गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहमतिमा संविधान बनाउन संविधानसभाभित्रै छलफल गर्नुपर्ने बताए । “संविधानसभा बाहिर रहेर सहमति कसरी हुन्छ ?” उनले भने ।
जनताले संविधान निर्माणका लागि संविधानसभामा पठाएकाले त्यसमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री रिजालले अधिकतम विषयमा सहमति गर्ने र सहमति हुन नसक्ने विषयमा प्रक्रियामा जानुपर्ने बताए ।
