रमझमआइतबार, चैत्र २२, २०७१
अव एसएमएसबाट मिस नेपाल
आउँदो ३ वैशाखमा राजधानीमा हुने ‘फ्यान्टा द हिडन टे«जर मिस नेपाल २०१५’ को अन्तिम स्पर्धाका लागि ‘भोटिङ राउन्ड’ थालिएको छ ।
१७ चैतबाट खुला गरिएको एसएमएस भोटिङ मार्फत सर्वाधिक भोट पाउनेले सोझै उत्कृष्ट १० भित्र छानिने अवसर पाउने छन् ।
प्रतियोगितामा यसपटक प्रियारानी लामा (फस्र्ट रनरअप, मिस पूर्वाञ्चल २०१०), दुर्गा गुरुङ (मिस नेपाल युके २०१२) मोडल दिव्यता वैद्य जस्ता अनुभवीसँगै संखुवासभाकी सृष्टि भट्टराई, तनहुँकी पूजा श्रेष्ठ, सुनसरीकी निष्मा चौधरी, भैरहवाकी सुजिता खनाल लगायत १९ प्रतियोगी छन् ।
