समाचारआइतबार, चैत्र २२, २०७१

एमाले नेता ढकालको निधन, अन्त्येष्टी भाेलि गरिने

हिमालखबर

dhakalनेकपा एमालेका पोलिट्ब्यूरो सदस्य रामनाथ ढकालको निधन भएको छ ।

टीबीका विरामी ढकाललाई निमोनियासँगै स्वाइनफ्लू भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियाे ।

ढकालकाे दिउसाे १ः३० बजे निधन भएकाे भएकाे अस्पतालले घाेषणा गरेकाे छ । उनकाे शव अन्तिम श्रद्धाञ्जलीका लागि भाेलि विहान ८ बजेपछि पार्टी मूख्यालय बल्खुमा राखिने एमाले प्रचार विभागका उपप्रमुख सुर्य थापाले बताए ।

मौसमको कारण थप उपचार गर्न भारत लैजाने प्रयत्न असफल भएपछि ग्राण्डी अस्पतालमो उपचार भइरहेको थियो ।

अनेरास्ववियुका पूर्व अध्यक्ष ढकाल लुम्बिनी अञ्चल इन्चार्ज हुन् । ढकाल अघिल्लाे संविधानसभामा राज्य व्यवस्था समितिका सभापति थिए ।

उनी ०५१ मा गुल्मी–१ बाट र  ०५६ मा रुपन्देहीबाट निर्वाचित भएका थिए ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>